हल्लचोकमा सवारी दुर्घटना: मोटरसाइकल चालक परियारको मृत्यु
पाेखरा | साउन ६, २०८१
पोखरा: पोखरा महानगरपालिका ६ स्थित हल्लनचोकमा हाइलक्स र मोटरसाइकल एक आपसमा ठोक्दिा मोटरसाइकल चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका ८ बस्ने २६ वर्षीय इश्वर परियार रहेका छन् ।
ठक्करपछि घाइते भएका परियारलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपपनि पौने ७ बजे डाक्टरले मृत घोषणा गरेका थिए ।
आज बिहान पौने ६ बजे हल्लनचोकमा ग ३ च ३४५७ नम्बरको हाइलक्स र ग ११ प ९१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएको थियो ।
अहिले हाइलक्स चालक बर्दियाको ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशिल दहितलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछिको कारण र गल्तीबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...
कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् । मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् । ...

